अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरे

काठमाडौं   अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।

आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् ।

उनले वानडे विश्वकको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताए । तर, अष्ट्रेलियालाई आवश्यक परे उनी २०२५ को च्याम्पियन्स ट्रफीमा आफू उपलब्ध हुने पनि जनाएका छन् ।

‘आज वान डेबाट पनि सन्यास लिने मैले त्यो निर्णय लिएँ । जसले मलाई विश्वका विभिन्न लिगमा गएर खेल्ने अवसर दिन्छ,’ उनले भने, ‘च्याम्पियन्स ट्रफी आउँदैछ । मैले पछिल्लो दुई वर्ष राम्रो क्रिकेट खेलिरहेको छु र यदि टिमलाई आवश्यक परेमा म उपलब्ध हुनेछु ।’

दुई वर्षपछि फर्कने अवस्था नभएमा वार्नरको लागि अहमेदावादमा भएको भारतविरुद्धको विश्वक फाइनल खेल नै अन्तिम ओडीआई खेल हुनेछ ।