जापानमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

टोकियो   जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।

उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आइनसकेको अधिकारीहरूले जनाएका छन् । आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन । यसैबीच, भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।