घटबढ भएन सुनको मुल्य

काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य उच्च बिन्दुमा पुगेर रोकिएको जनाएको छ । 

 महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । पछिल्लो समय सुनको मूल्य निरन्तररुपमा बढ्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो । यस्तै महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ ।