दोहारो अंकले बढ्यो नेप्से

काठमाडौँ साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा १२ अंकको सुधार, २ अर्ब २५ करोडको कारोबार

 सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड २१ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन पिपुल्स पावरको ७ करोड १९ लाख २३ हजार रुपैयाँ, रुरु जलविद्युत परियोजनाको ६ करोड ८८ लाख २९ हजार रुपैयाँ र पोखरा फाइनान्सको ६ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु 
आज दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीका सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । त्यसैगरी, एनआइसी एशिया लघुवित्तको ८.४७ प्रतिशत, रुरु जलविद्युत परियोजनाको ८.१८ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ७.२५ प्रतिशत, सर्वोत्तम सिमेन्टको ६.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।