सेयर बजारमा गिरमवट,अन्य उपसुचक कस्तो ?

काठमाडौँ साताको अन्तिम कारोबार दिन सेयर बजार ३.२४ अंकले घटेर १९६५ को विन्दुमा कायम हुन पुगेको छ । आज  नेप्सेमा ३०३ कम्पनीको कारोबार भएको छ । उक्त कम्पनीहरुकोको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ ।

यस दिन सबैको लघुवित्त कम्पनकिो सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.८३ प्रतिशतले घटेको हो । त्यसैगरी माइखोला हाइड्रोपावरको ५.४५ प्रतिशत, एनआरएन इन्फ्रस्ट्रक्चरको ५.१० प्रतिशत, मानुषी लघुवित्तको ३.९४ प्रतिशत, यूनिक नेपाल लघुवित्तको ३.८१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यि कमपनीमा झुम्मिए लगानिकर्ता 
यस दिन सबैभन्दा बढी नेपाल पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २६ लाख ४६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको मल्टिप्रपोज फाइनान्सको ९ करोड ४० लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै पिपुल्स पावर लिमिटेडको ८ करोड ५९ लाख २४ हजार रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख ५६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयरमुल्य बढेका कम्पनीहरु
मल्टिप्रपोज फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९९प्रतिशतले बढेको छ । त्यसैगरी, पोखरा फाइनान्सको ८.०५ प्रतिशत, स्वाभिमान लघुवित्तको ६.७९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको ६.७९ प्रतिशत, बेष्ट फाइनान्स कम्पनीको ६.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।