यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार आलु प्रतिकेजी ४८ रुपैयाँ तोकिएको छ । यसैगरी आज प्याजको भाउ प्रतिकेजी ६८ रुपैयाँ पुगेको छ भने लोकल बन्दा, काउली, लौका र तोरीको सागको भाउ प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, ठुलो गोलभेडा प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, सानो गोलभेडा ३५ रुपैयाँ, भारतीय रातो आलु ४९ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर ५५ रुपैयाँ, तराई गाजर ३५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा,  लाम्चो भन्टा ३० रुपैयाँ, तने बोडी ११० रुपैयाँ तोकिएको छ । 

यसैगरी, मटरकोशा प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, लोकल सिमी ९६ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १३५ रुपैयाँ, भटमासकोशा २२५ रुपैयाँ, तितो करेला ८५ रुपैयाँ र लोकल परवर ११५ रुपैयाँ पर्नेछ ।  त्यस्तै, चिचिण्डो प्रतिकेजी ८५ रुपैयाँ, घिरौला ६६ रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, भिण्डी १०० रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, स्कूस ६५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, पालूगो साग १२६ रुपैयाँ ६७ पैसा, चमसूर र मेथीको साग १२५ रुपैयाँ, कन्य च्याउ १४२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ४२८ रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र कोइरालो २७५ रुपैयाँ पर्नेछ ।