सुनको मुल्यमा वृद्धि

साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला ४ सय रुपैंयाले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर बजारमा सामान्य सुधार

सुनको मुल्यमा सामान्य गिरावट