प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्ने पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्ने व्यक्ति पक्राउ परेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्दै स्टाटस लेखेका दाङको तलुसीपुर उपमहानगरपालिकाका ५२ वर्षीय यज्ञबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । बुढाले ‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीमाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

प्रचण्ड आज आइतबार चुनावी सभालाई सम्बोधन गर्न दाङ जाँदैछन्।