दाहाल जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक

काठमाडौं शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५र५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।


भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषामा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।