बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते

काठमाडौँ  सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बझाङमा भूकम्पबाट घाइते भएकाहरू  ५ जना बालबालिका रहेको र  घाइतेहरूको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।