सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार साँझ ५ बजे बस्ने गरी तय भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

 प्रदेशसभा सचिव देव बहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८०।१२।२२ गते बिहीबार दिनको ५:०० बजे बस्ने गरी तोकिएको दोस्रो प्रदेशसभाको तेस्रो अधिवेशनको दसौँ बैठक माननीय सभामुखज्यूको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको ब्यहोरा सम्पूर्ण माननीयज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् ।