सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले लिए समर्थन फिर्ता

काठमाडौं नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले आज (मंगलबार) प्रदेश प्रमुखलाई भेटेर समर्थन फिर्ता लिएका हुन् ।

एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै अब सुदूरपश्चिम प्रदेशमा  मुख्यमन्त्री नियुक्तिका लागि नयाँ समिकरण हुने देखिन्छ ।