आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने

धनगढी  आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । एसपीए कलेजको रोबोटिक्स क्लबद्वारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेशस्तरीय हुनेछ । टेक फेस्टमा रोबो रेस, रोबो सकर, रोबो फाइट, विज्ञान प्रदर्शनी, फुडस्टलहरु, नाटक, साइन्स क्विजलगायत संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति हुने हुने एसपीए रोबोटिक्स क्लबका अध्यक्ष जनुल अल जफर सिद्धिकीले बताए ।

रोबो रेसमा कक्षा १२ सम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त रेसमा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार तथा तेस्रो हुनेले एक हजार पुरस्कार पाउनेछन् । यस्तै रोबो सकरमा स्नातक सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यसको विजेताले ५ हजार र उपविजेताले दुई हजार पाउनेछन् । एक टिममा तीनवटा सम्म रोबर्ट राख्न सकिनेछ । रोबो फाइटको विजेताले पनि ५ हजार र उपविजेताले दुई हजार पाउनेछ । स्नातक तहसम्मका विद्यार्थीहरूले यसमा प्रतिस्पर्धा गर्न पाउनेछन् । विज्ञान प्रदर्शनी र डिजायन च्यालेन्जमा ५ जनाको टोली हुनेछ । जसमा ५ हजार जम्मा पुरस्कार रकम रहेको छ । विभिन्न विद्यालयका आगन्तुक शिक्षक शिक्षकका लागि म्युजिकल प्रतियोगिता हुनेछ । जसको विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । एसपीए बीएचएमका विद्यार्थीहरूले फुड स्टलहरू राख्नेछन् । त्यसबाहेक सांस्कृतिक नृत्य तथा गायन समेत हुनेछ ।

आर्ट एन्ड क्राफ्ट वर्कसप, सामाजिक चेतनायुक्त नाटक तथा आइटी क्वीज समेत हुने सिद्धिकीले जनाए । क्विजमा एउटा स्कुलबाट २ जना सहभागी हुन पाउनेछन् । प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पुरस्कार पाउनेछ । यस्तै चेस प्रतियोगिता समेत हुनेछ । जसमा प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पाउनेछ । एसपीए कलेज प्राङ्गणमा हुने टेकफेस्टमा माघ २१ गतेसम्म इन्ट्री गराइसक्नुपर्ने अध्यक्ष सिद्दिकीलले बताए ।

टेकफेस्टमा ५ हजार अवलोकनकर्ताहरूको सहभागिता रहने आयोजकले जनाएको छ । टेकफेस्टको मुख्य प्रायोजकमा एसपीए कलेज रहेको छ ।