काठमाडौं महानगरपालिकाद्वारा २० वटा सरकारी तथा निजी क्याम्पसहरुसँग सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ विभिन्न सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम बनाएको काठमाडौं महानगरपालिकाले २० वटा सरकारी तथा निजी क्याम्पसहरुसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । महानगरपालिको सामाजिक विकास विभागले ती क्याम्पसहरुमार्फत् सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

 विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका छन् । महानगरले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । तीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत् रोजगारमूलक सीप विकास तालिम सञ्चालन गर्न लागिएको हो ।कार्यक्रमअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम सञ्चालन गर्न लागिएको हो ।कार्यक्रमअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य छ । सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान)  र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् । सम्झौताको अवसरमा महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘रोजगारीका लागि सीप विकास तालिम चाहिनेहरु लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आवद्धता यसको नतिजा हो ।

महानगरको योजनामा सामाजिक उत्तरदायित्व बहन गर्दै कलेजहरुसँगै सहकार्य हुनु सुखद कुरा हो ।’ कार्यक्रमका लागि १० हजार जनाको आवेदन परिसकेको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार ६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेकमध्ये ४७.९ प्रतिशत बागमती प्रदेशबाट छन् । मधेश प्रदेशबाट १२.१, कोशी प्रदेशबाट १२ प्रतिशत, सुदुरपश्चिमबाट ८.५ प्रतिशत छन् । उनीहरुमध्ये ८० प्रतिशत हाल काठमाडौंमै बसोबास गरिरहेकाहरु छन् । १२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकको संख्या सबैभन्दा धेरै ४८.२ प्रतिशत छ । निरक्षर ३० प्रतिशत, एसईई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत, स्नातकोत्तर ८.३ प्रतिशत छन् ।







कक्षा १२ को  परीक्षा आजदेखि सुरु