आगलागीमा परेर पाँच वर्षीय बालकको मृत्यु

तनहुँ तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला  गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले  जानकारी दिए ।