धनुषामा ई-रिक्सा चार्ज गर्ने क्रममा एक जना महिलाको मृत्यु

धनुषा धनुषामा ई-रिक्सा चार्ज गर्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-१२ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-२० घर भएकी ३६ वर्षीया गौरी देवी साईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

आफ्नै प्र.२-०२-००१ ह २२१९ नम्बरको ई-रिक्साको चार्जर छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।