जलेश्वरमा बस दुर्घटना हुँदा २७ जना घाइते

पोखरा म्याग्दीको जलेश्वरमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । सदरमुकाम बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको ग१ख ५६५५ नम्बरको बस जलेश्वरमा दुर्घटना भएको म्याग्दी प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ । बस भित्तामा ठोकिएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।