अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

काठमाडौं अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । 


घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।