नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा

काठमाडौँ क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा सञ्चालित परीक्षाको शृङ्खलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका साथ दिइएको छ । 

नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल ‘एएस’ र ‘ए’ लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कार पाएका छन् । उनीहरूलाई देशमा उत्कृष्ट भएको, समग्रमा राम्रो गर्ने र उच्च ग्रेड प्राप्त गरेकोमा मान्यता दिइएको थियो । उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कार कार्यक्रमले विश्वका ४० भन्दा बढी देशहरूमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेसनद्वारा लिइएको परीक्षामा सहभागी विद्यार्थीहरूको सफलतालाई पहिचान दिलाउनुको साथै सम्मान व्यक्त गर्दछ । क्याम्ब्रिजबाट प्राप्त योग्यताहरूले शिक्षार्र्थीहरूलाई विश्वविद्यालय र त्यसभन्दा बाहिर चाहिने ज्ञान, बुझाइ र सीपहरूद्वारा सुसज्जित पार्दछ । ती मान्यताहरू विश्वभरमा अग्रणी विश्वविद्यालयद्वारा मान्यता प्राप्त र प्रतिष्ठित छन् ।

क्याम्ब्रिजमा अन्तर्राष्ट्रिय शिक्षाका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक महेश श्रीवास्तवले भने– ‘हामीले गर्ने हरेक कुराको केन्द्रबिन्दु क्याम्ब्रिज शिक्षार्थीहरू हुन् ।’  उनले क्याम्ब्रिज शिक्षाको प्रत्येक पाठ्यक्रम, शिक्षण र सिकाइ, स्रोत र मूल्याङ्कनले जीवनलाई सफलता तथा समृद्धिले अभिभूत गर्न राम्ररी डिजाइन गर्ने बताए ।

पुरस्कारले नेपालका विद्यार्थीहरूमाझ कम लोकप्रिय विषयहरूमा समेत असाधारण रूपमा उत्कृष्ट प्रदर्शन गरेको उपलब्धिलाई उजागर गरेको छ । साथै ती विद्यार्थीहरूको उपलब्धिलाई पहिचान गर्दछ, जसले विभिन्न विषयहरूमा उच्चतम संयुक्त अङ्क हासिल गरेका छन् ।  यी विजेता विद्यार्थीहरूले क्याम्ब्रिज परीक्षा दिएका विश्वव्यापी हजारौँ उम्मेदवारहरूको तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

कक्षा १२ को  परीक्षा आजदेखि सुरु