इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनमा माओवादी केन्द्रबाट चार जना उम्मेदवारहरूको नाम

काठमाडौँ वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा ती नामहरू सिफारिस गरेको हो ।

प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार सिफारिस गरिएका नाम निम्न छन् :

• धिरेन्द्र शर्मा तिम्सिना (रमण) 

• उर्मिला तामाङ (चन्दा) 

• ओम बहादुर गुरुङ (सौरभ )

• कुमार बराइली (अनिल)