दाङको राजपुरमा बसको ठक्कर बाट दुईजनाको मृत्यु,  हुलाकी राजमार्ग ठप्प

काठमाडौं दाङको राजपुरमा बसको ठक्कर बाट दुईजनाको मृत्यु भएपछि हुलाकी राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै  जँग्रहवा (जहरे,जँग्रहवा गढवा, जँग्रहवा(गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन् ।

शनिबार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरको बसले राजपुर(५, नौंसहरामा पश्चिमदेखि पूर्वतर्फ आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरू मोटरसाइकल सवार राजपुर(५,नौंसहरा निवासी अन्दाजी २४ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी प्रदिप यादव रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए । प्रमोदको घटनास्थलमै र प्रदिपको उपचारका क्रममा मृत्यु भएको हो।