यस्तो छ आज विदेशी मुद्राको सटही दर

काठमाडौँ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । जवकि हिजो डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ। 


यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बढ्यो सुनको मुल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य