धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण

पोखरा  धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण भएको छ । १० बजे उडेको जहाज काठमाडौँ नपुगी पोखरा झरेपछि यात्रुहरू अत्तालिएका थिए । 

प्राविधिक समस्या देखिएर पोखरामा आकस्मिक अवतरण गरेको विमानस्थलले जनाएको छ ।

जहाजमा ७६ जना यात्रु सवार थिए । जहाज बिग्रेर बनेपनि यात्रु चाहिँ उक्त जहाजमा जान नमानेका र उक्त जहाजले पोखराका यात्रु लिएर काठमाडौँ उडेको एयरलाइन्सका पोखरा इन्चार्ज नवदीप केसीले जानकारी दिए । धनगढीका यात्रुलाई अर्को जहाज ल्याएर काठमाडौँ लगेको छ । एक साताअघि पनि धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपत्कालीन अवतरण भएको थियो ।