गण्डकी प्रदेशमा विश्वासको मत दिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने

काठमाडौँ  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ । आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् ।  राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएको हो ।

‘हामी आज तटस्थ बस्छौं,’ उनले भनिन्, ‘यसपछि के हुन्छ थाहा छैन । संविधानअनुसार अघि बढ्छ ।’  राप्रपाले मत नदिए अधिकारीलाई बहुमत पुग्दैन । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ ।  प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।