नारायणी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आव्हान

काठमाडौं नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारणसभा वैशाख १८ गते बस्ने भएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बैंकले सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राखेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन आवश्यक ठानेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यस्तै सभामा सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

यस्तो छ आज तरकारी फलफूलको मुल्य

१९ सय ९८.९६ अंकमा झर्‍यो नेप्से