पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४१९ तथा एन्टिजेन विधिबाट ३६२ जनामा गरी ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 

पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

रास्वपाको सचिवालय बैठक आज बस्दै