बहु गुणकारी किसमिस, के कस्ता छन् फाइदा?

काठमाडौं । बहु गुणकारी किसमिसले काम गर्ने क्षमता बढाउनुका साथै भोक मेटाउन पनि सहयोग गर्दछ ।

मध्य युगदेखि नै खाद्यवस्तुका रुपमा प्रयोग गर्दै आएको किसमिसलाई भिटामिनको स्रोत नै भनिन्छ । परम्परागत दृष्टिकोणले किसमिस खाँदा यौन दुर्बलता हटाउने र काम गर्ने क्षमता बढाउने तथा अल्छीपन हटाउँछ ।

एक दाना किसमिसमा २ क्यालोरी हुन्छ । मानिसले एक पटक खाना खाँदा जति क्यालोरी प्राप्त हुन्छ ५ देखि ६ दाना किसमिस खाँदा त्यो प्राप्त हुन्छ । त्यसैले थोरै खाँदा पनि अघाएको महसुस हुन्छ ।

त्यस्तै यसको दैनिक सेवनले छाला चमकदार बनाउँछ । फुस्रो छालामा चमक, शरीरलाई सुन्दर र स्वस्थ बनाउँछ । यसको नियमित सेवनले शरीरमा जम्‍मा भएको टक्सिनलाई बाहिर निकालेर मृगौला रोग लाग्नबाट समेत बच्न सकिन्छ ।

यसलाई पानीमा भिजाएर खाएमा अझ बढी फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा कोलेस्ट्रोल नियन्त्रण हुन्छ ।