विदेशी मुद्राको विनिमय दर/ कुन देश को कति ?

काठमाडौँ  नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३८ पैसा र बिक्री दर १६३ रूपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।