सृष्टि र सौगातको ब्रेकअप, सौगात भन्छन्/ सहमतिमै अलग भएका हौं

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ। 

अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो। आफूहरूको ब्रेकअप भएको अभिनेता सौगातले पुष्टि गरेका छन्।

‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएका हौं,’ उनले सेतोपाटीसँग भने।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह गर्ने तयारीमा थिए। तर अभिनेता सौगातले विवाहको तयारी नभएको बताए।

‘बिहेको कुरा प्रेसर भएर पनि आएको होला। हामीले प्रेम सम्बन्धमा रहेको खुलासा गरेपछि बिहे कहिले गर्ने भन्ने प्रश्न धेरै आउन थाल्यो। यसैक्रममा अब छिट्टै बिहे गर्ने भनेका हौं। बिहे नै गर्ने भनेर तयारी गरेका थिएनौं,’ उनले भने।

यसैवर्ष सौगात र सृष्टि अभिनीत फिल्म ‘माइकल अधिकारी’ र 'राधा' प्रदर्शन भएका थिए। तर दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन।  

सौगात यतिबेला 'पशुपति प्रसाद २: भष्मे डन' को छायांकनमा व्यस्त छन्।

फिल्म ‘रावायण’को छायांकन शुरु