मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिन बोलायो

काठमाडौँ   मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ । कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको हो ।

मलेसियाको भेन्चर ग्रुप अन्तर्गत मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरू काम गर्दै आएका थिए । कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो । उक्त तलब भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीहरूले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए ।

सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो । सोही आधारमा विभागले उनीहरूले सम्बन्धित काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

वर्षाले घटायो वायु प्रदूषण

यस्तो रहनेछ आज दिनभरको मौसम