हेटौँडा—काठमाडौं चल्ने दुई वटा सडकमार्ग दुई महिनाको लागि बन्द

हेटौँडा हेटौँडा—काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

हेटौँडा-काठमाडौं आवतजावत गर्ने ५ वटा सडकमार्ग मध्य इन्द्र सरोवर गाउँपालिकाअन्तर्गत फाखेल सडकखण्ड र चखेल-मातातीर्थ सडकख्ण्ड दुई महिनाको लागि बन्द हुमे भएको हो ।

मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नका लागि २ महिनाका लागि बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ ।

यी सडकहरू पुस १६ गते बाट फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ ।

वर्षाले घटायो वायु प्रदूषण

यस्तो रहनेछ आज दिनभरको मौसम