काठमाडौँ बासिन्दाले पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरे

काठमाडौँ   काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।

शुक्रबार पाटन दरबार क्षेत्रबाट र्याली सहित उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले बिरोध प्रदर्शन गरेको हो । उनीहरुले खाली भाडासहित प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ । 

वर्षाले घटायो वायु प्रदूषण

यस्तो रहनेछ आज दिनभरको मौसम