अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि १४ मेनपावर कम्पनीले पाए सफाइ

काठमाडौँ  जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको हो ।

यसअघि विभागले नै उनीहरूलाई निलम्बन गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निलम्बन गर्ने विभागको निर्णय खारेज गर्दै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए । सोही आधारमा विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा रहेको समितिले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा कुनै त्रुटि फेला नपरेपछि उनीहरूलाई सफाइ दिइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक मदन दाहालले गत असोज १५ मा १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेका थिए । त्यसका विरुद्धमा ती मेनपावर कम्पनीले मन्त्रालयमा पुनरावेदन गरेका थिए । विभागले गरेको निर्णयका विरूद्धमा श्रम मन्त्रालयमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । पुनरावेदनका लागि परेका उजुरीमाथि श्रम मन्त्रीले निर्णय गर्छन् ।   

यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम