ट्राफिक प्रहरीको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधन होल्ड

काठमाडौँ  फागु पूर्णीमा (होली) लाई लक्षित गरी आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको थियो । होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् । यसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए । होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछी चालकले ट्राफिक नियम उलंघन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए।होली पर्वलाई नै लक्षित गरी आजैनेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमाकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,लागुऔषध नियन्त्रण व्युरो र स्थानीय प्रहरीको संयुक्त टोलिले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ । 

फागु पूर्णीमा (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई कडाई गरेकाले सवारी दुर्घटनामा कमि आएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । आइतबार काठमाडौं उपत्यका भित्र ललितपुरको ढोलाहिटीमा दिउँसो बसको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएका छन् । बा ४ ख ७०८० नम्बरको बसले बा ४५ प २७ १२ नम्बरको स्कुटरलाई ठक्कर दिदा मोरङ घर भइ हाल ललितपुर बस्दै आएका ४३ वर्षीय नर बहादुर माझी घाइते भएका हुन् । घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन सहित बस चालकलाई प्रहरी वृत्त चापागाउँले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मा पनि  आजै बा ४ ख १९ २१ नम्बरको बस दुर्घटना हुँदा ३ जना सामान्य घाइते भएका थिए । यी बाहेक आज काठमाडौं उपत्यकामा जनधनको क्षति हुने खालको अन्य दुर्घटना भने नभएको प्रवक्ता श्रेष्‍ठले बताए । 


विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका लगायत उपत्यका प्रवेश गर्ने नाकाहरुमा आइतबार बिहानैबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर साथै ललितपुर प्रहरीको सक्रियता तथा निगरानीका कारण हर्षोल्लासका साथ सर्वसाधरणमा होली मनाउने वातावरण सृजना भएको समेत प्रवक्ता श्रेष्ठले बताए । 

यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम