सुनको मुल्य घट्यो चाँदीको कति ?

काठमाडौं आज बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ११५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ५५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ५७.५० रुपैयाँ तोकेको छ।