पुनः एमालेमै फर्किए राष्ट्रियसभाका पूर्वअध्यक्ष रामप्रित पासवान

काठमाडौँ नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रियसभाका पूर्वअध्यक्ष रामप्रित पासवान नेकपा एमालेमै फर्किएका छन् ।

गोदावरीस्थित एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापनमा समारोहमा नेता पासवान एमालेमा फर्किएका हुन् । झण्डै तीन वर्षअघि नेकपा एमाले विभाजन हुँदा पासवान माधवकुमार नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका थिए । 

नेता पासवानलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहितका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

 

रास्वपाको सचिवालय बैठक आज बस्दै