एकैदिन ६२० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ स्वाब परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो । २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो ।

यस्तै संक्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ।

कोरोनाबाट २९७ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ ।