पन्जाबद्धारा गुजरात पराजित

काठमाडौं इन्डियर प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । 

जवाफमा पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै दुई सय रनको लक्ष्य पूरा ग¥यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलेका थिए भने आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए । गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिएका थिए । 

त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन । 

साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए । आइपीएलको यो सिजनमा ४(४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।