पुनम चन्दले पाईन शेरबहादुर खड्का स्पेसल अवार्ड

 काठमाडौं  नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य पुनम चन्द शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छिन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सदस्य सचिव टंकलाल घिसिङले उक्त अवार्ड प्रदान गरेका हुन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना सातौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अघि ५० हजार नगदबाट सम्मानित भएकी हुन् । पुलिसलाई घरेलु भलिबलमा उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा रजत र दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि जित्दा नेपालको टोलीमा थिइन् ।

४ टोलीको मात्र सहभागिता रहने महिला भलिबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ । राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ । पहिलो खेलमा न्यू डायमण्डले २५–१२, २५–१५ र १७–२५, २५–२१ ले त्रिवुभवन आर्मीलाई हराउँदै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा जारी छ । प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

वेस्ट इन्डिज सँग नेपाल पराजित