क्यानको केन्द्रीय सदस्यमा लामा मनोनीत

काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् । उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको विधानमा राखेपले दुई जनालाई क्यानको केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछ ।

छुम्बीलाई राखेपको सदस्यसचिव स्तरीय निर्णयबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । उनी क्यानको अघिल्लो कार्यसमितिमा पनि राखेपको तर्फबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए । उनी लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका छन् ।