माओवादीले गरेको यस्तो प्रस्तावबारे खुलासा गरे माधव नेपालले

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् ।

सोमबार बसेको बैठकमा अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे प्रस्ताव गरेको जनाकारी गराएका हुन् । सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै पार्टी एकताका नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको बताए ।

आइतबार संघीय चुनावमा एकता गर्नेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।