घनश्याम भूसाल गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना

२० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।

आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।
त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।