छुट्टाछुट्टै सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु

काठमाडौं  छुट्टाछुट्टै सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, चितवन,रूपन्देही, रौतहट र ललितपुरमा सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको हो । 

मृत्युहरुमा नुवाकोट, रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादव, पर्सा वीरगंज महानगरपालिका–३ घर भएका ४० वर्षीय अमरदेव महतो, कपिलवस्तुका २४ वर्षीय राजमन लोनिया, रौतहट,मिठुअवा बस्ने ३५ वर्षीय धर्मेन्द्र राम, रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार राय रहेका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।