मेडिकेयर हस्पिटलको १२ प्रतिशत हकप्रद शेयर विक्रीमा

काठमाडौं  मेडिकेयर हस्पिटल   लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर चैत १ गतेदेखि विक्रीमा ल्याएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रूपैयाँको आधारमा ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो। प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका यी हकप्रद शेयर खरिद गर्न फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने जानकारी कम्पनीले दिएको छ। यो हकप्रद शेयर चैत ५ गतेसम्म विक्रीमा रहनेछ। हकप्रद शेयर खरीदका लागि मेडिकेयर हस्पिटल लिमिटेडको रजिष्टर्ड कार्यालय चावहिल, काठमाडौंबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ। तोकिएको अवधिभित्र आवेदन नदिएको खण्डमा कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम त्यसरी जफल गरिएको शेयर कम्पनीको सम्पत्ति हुने जानकारी समेत कम्पनीले दिएको छ। कम्पनीले हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो।