नेपाली सेनाद्धारा ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग

काठमाडौँ नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ । 

sena

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

यस्तो रहनेछ आज दिनभरको मौसम