सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

काठमाडौं आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । दुई दिनमा ३८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार ५०० रुपैयाँले बढेको हो । सुनको मूल्य सोमबार प्रतितोला ११ सय रुपैयाँ र मंगलबार प्रतितोला २७ सय रुपैयाँ घटेको थियो ।

बुधबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।


बुधबार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको हो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३२७ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४३ पैसामा कारोबार भइरहेको छ ।