यो गठबन्धनको कुनै भरोसा छैन् : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको भरोसा नभएको बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित पार्टी जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले हालको गठबन्धनको कुनै भरोसा नभएको बताएका हुन् ।  गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको उनको भनाइ छ । 

‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ । अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन्’, उनले भने ।  

स्थानीय तहको निर्वाचनमा गठबन्धनले धोका दिएको पनि अध्यक्ष नेपालले बताए । ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो । यी विषयमा कमजोरी भए’ उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै अन्तर्घात पनि भयो । कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’