प्रि ओपन सेसन अपडेट :

काठमाडौं प्रि ओपन सेसनमा नेप्से सूचक २.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.४२ अंकमा आएको छ ।

५ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १ हजार ७७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४४ वटा कारोबार भएको हो ।  १२ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।