अमेरिकी डलरविरुद्ध जापानी येन ३४ वर्षकै तल्लो तहमा

काठमाडौँ  जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । 

उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे ।  ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ ।