ठगि गरेको आरोपमा दुइ जना पक्राउ

काठमाडौं  वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भएका ३१ वर्षीय अरुण शिवाकोटी र धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भएका ४१ वर्षीय जगनाथ नेपाल छन् । शिवाकोटीले पोल्याण्ड पठाउँछु भनेर किसन विश्वकर्मा सहित दुई जनासँग ३ लाख ५० हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी)रविन्द्र रेग्मीले  बताए । शिवाकोटी पेप्सीकोलाबाट पक्राउ परेका हुन् । अर्का आरोपी नेपालले दुबई पठाउँछु भनेर १ लाख रुपैयाँ ठगेका हुन् । 

 





आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

यस्तो रहनेछ आज दिनभरको मौसम